कुम्मायक गाउँपालिकाको परिचय

कुम्मायक गाउँपालिका नेपालको पुर्वि क्षेत्रको पाँचथर जिल्लामा अवस्थित रहेको छ ।यस गाउँपालिका पूर्वमा फाल्गुनन्द गाउँपालिका , पश्चिममा तेह्रथुम जिल्ला , उत्तरमा फिदिम नगरपालिका र दक्षिणमा तुम्बेवा र मिक्लाजुङ गाउँपालिकासँग सिमाना जोडिएको छ । यस गाउँपालिकाले जम्मा  १२९.३० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको र २०६८ को जनगणना अनुसार यस गाउँपालिकामा जम्मा १६११८ जनस‌‍ङख्या रहेको छ । यो गाउँपालिका जम्मा ४ वटा साबिक गा. बि. स हरु (रानिगाउँ, यासाोक, माङजाबुङ ,स्याबरुम्बा) मिलाएर बनाइएको हो र अहिले ५ वटा वडामा समावेश गरिएको छ।