सूचना
वार्ड नं १
कुम्मायक गाउँपालिका वडा नं. १ को कार्यालय कुम्मायक स्थित यासोक बजारमा रहेको छ । यासोक नामाकरण राजा माबोहाङ(बि.स. ९२२-९३९) ले यस क्षेत्रमा बिजय गरी युद्ध अन्त्य भएको बेला हाल कुम्मायक डाडाँको परिसरमा आकाशबाट केही हुनहुनाउदै झरेको आभास पाए । सो आकासबाट सशब्द झरेको वा सवत सहित झरेको ठाउँमा के रहेछ भनी राजा माबोहाङले हेर्दा उक्त ठाउँमा तान बुनिरहेको एक युवती देखे । राजा माबोहाङ एक अध्यात्मिक राजा पनि भएकोले उनले ति युवती युमामाङ भनेर चिनिहाले । तब लिम्बु भाषामा या आयो, सक्तेर- हुनहुनाउदै वा या-यक्तेर शब्दको अपभ्रंसित रुपमाबाट या:सक वा यासोक नामाकरण भएको हो । यासोक शब्द लिम्बु शब्द या:सक बाट आएको शब्द हो । जसको अर्थ हुनहुनाउदै आउनु हुन्छ ।
कुम्मायक गाउँपालिका १ नं. वार्ड यासोकको पुर्वमा आङसराङ गाउँ, पश्चिममा स्यावरुम्बा र तमोर नदी उत्तरमा रानीगाउँ र दक्षिणमा माङजाबुङ र आङ्नागाऊ पर्दछ ।
सिं नं.
नाम थर
पद
सम्पर्क नम्बर
०१
देबेन्द्र कुमार लावती
वडा अध्यक्ष
9844636151
०२
अम्बर पौडेल
सदस्य
9818769222
०३
इन्द्रमाया नेपाली
सदस्य
9815971926
०४
इन्द्र कला लावती
सदस्य
9815090325
०५
मन कुमारी शर्मा
सदस्य
9817012255
०६
सुशिला नेम्वाङ्ग
वडा सचिव
9816763046