FAQs Complain Problems

वार्ड नं २

कुम्मायक गाउँपालिकाको २ नं. वडामा पर्ने माङजाबुङ गाउँको केन्द्र बरभञ्ज्याङ हो। माङजाबुङ नामाकरण सम्बन्धमा सय गाउँको केन्द्रमा ठुलो र अग्लो सुम्हात्लुङ डाँडा भञ्ज्याङ गाउँ छेउमा रहेको छ । जहाँ सुम्हात्लुङ या चुला अगेनाका आकृतिका ढुंगाहरु हाल पनि रहेको पाइन्छ । त्यो ठाउँ लिम्बु भाषामा माङ (देवता) चा (खानपिन गर्ने) बुङ (ठाउँ वा फेद) भएकोले माङ‌+चा+बुङ बाट माङजाबुङ वा देवताहरुले खानपिन गर्ने ठाउँ माङजानुङ भएको कथन पाईन्छ । प्राकृतिक रुपमा यो क्षेत्र घना जंगल भएको क्षेत्रमा मानव बसोबासका क्रममा माङजा(एक प्रकारको खान हुने बास)र बुङ (बोट) वा एक प्रकारको खाने बाँस प्रयाप्त पाईने भएकाले माङ्जा+बुङ वाट माङजाबुङ नामाकरण भएको भनाई पनि रहेको छ ।

यस वार्डले पुर्वमा सुलुम्फि सिङहाङ, स्याक्वा, सेहोनाम्लाङ, पश्चिममा यासोक, खाल्डे गाउँ उत्तरमा मेहेलबोटे , फिक्कल गाउँ, वसागु बजार, दक्षिण मौवा, याभुनी, सराङडाडा दशमी ओलने वतासे पर्दछन ।

Ward Contact Number: 
९८४२७८०९९८ kummayak2manjabung@gmail.com