सूचना
कुम्मायक गाउँपालिकाको स्वास्थ्य शाखाको बार्षिक प्रगति विवरणका तस्विरहरु
कुम्मायक गाउँपालिका स्तरिय स्वास्थ्य सस्थाहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०७६/ ०७७ को गाउँपालिका स्तरीय स्वास्थ्य संस्थाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो । शनिबार स्थानीय जनभवनमा भएको कार्यक्रममा गाउँपालिकाका ५ वटा स्वास्थ्य सस्थाले बार्षिक प्रगति बिवरण प्रस्तुत गरेका थिए । स्वास्थ्य संस्थामा भएका बार्षिक प्रगति बिवरण, जनशक्ती र सेवा प्रभाहको बिषयमा स्वास्थ्य चौकीले बार्षिक प्रगति बिवरण प्रस्तुत गरेका थिए । गाउँपालिकाका १६ हजार ३ सय ९५ जनसंख्यालाई ५ वटा स्वास्थ्य संस्थाबाट सेवा प्रबाह गर्दै आएको स्वास्थ्य शाखा प्रमुख केदारबहादुर खड्काले बताउँनुभयो । उहाँले हाल १७ वटा खोप क्लिनिक, १४ गाउँघर क्लिनिक र ३ वटा बर्थिङ सेन्टरबाट सेवा प्रभाह भइरहेको बताउँनुभयो । स्वास्थ्य संस्थाले बिसिजी, डिपिटि, दादुरा रुवेला र पोषण लगायता स्वास्थ्य सेवा प्रभावकारी ढंगमा अघि बढेको भन्दै स्वास्थ्य क्षेत्रका केही सुचकलाई बढाउँदै लान स्वास्थ्यकर्मीहरुलाई खड्काले आग्रह समेत गर्नुभयो । त्यस्तै वार्षिक समिक्षा कार्यक्रममा उकृष्ट बार्षिक प्रगति बिवरण प्रस्तुत गरेको भन्दै रानीगाउँ स्वास्थ्य संस्थालाई नगद र प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । सो कार्याक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भटराइ, कुम्मायक १ कार्यवाहक अध्यक्ष उर्मिला निरौला, कुम्मायक ५ का वडा अध्यक्ष यामबहादुर बोहोरा र उद्योग बाणिज्य संघ शाखा यासोक अध्यक्ष मेघराज निरौला लगायतका अथितिहरुले स्वास्थ्य क्षेत्रको प्रगति र उन्नतीको कामना गर्नुभएको थियो । कार्यक्रम स्वास्थ्य शाखाका प्रमुख केदारबहादुर खड्काको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भटराइको प्रमुख आथित्यतामा सम्पन भएको थियो ।