सूचना
वार्ड नं ४
कुम्मायक गाउँपालिका ४ नं. वडाको नाम रानीगाउँ हो । रानीगाउँको प्राचिन नाम हाङमा तलक वा हाङमा पाङभे थियो । यस ठाउँको नामाकरण सम्बन्धमा रानीभिरमा चेक्तेनहाङले दरबार बनाएर बसेका बेला उनकि रानीले आफ्ना सेवकहरु सहित यस ठाउँमा नुहाउन आएकाले यस पोखरीलाई हाङमा तलक भनियो । लिम्बु भाषामा हाङमा (रानी) र तलाउ (पोखरी) हो । त्यही रानीपोखरीको नामबाट रानीगाउँ नामाकरण भएको एक थरिको कथन छ भने साबिक रानीगाउँ वडा नं. ६ को देवीथान मुनी हाल ठुलो टार रहेको ठाउँमा ठुलो पोखरी थियो । जसलाई त्यसबेला यस क्षेत्रमा बसोबास गर्ने लिम्बु जातिका मानिसहरुले ठुलो पोखरी वा हाङमा(रानी) र तलक(पोखरी) वा हाङमा तलक भने । यसै हाङमा तलक कै नामबाट यस क्षेत्रलाइ हाङमा पाङभे रानीगाउँ भनियो। यसरी यस क्षेत्रको नाम रानीगाउँ रहन गएको हो ।
Ward Contact Number:
९८१७०२५४९३ kummayak4tingden@gmail.com