FAQs Complain Problems

वार्ड नं ५

कुम्मायक गाउँपालिका ५ नं. वडालाई स्याबरुम्बा भनिन्छ । यस स्यावरुम्बा गाउँ नामाकरणको सन्दर्भमा सिकारी युगमा यस क्षेत्रमा घना जंगल भएकाले विभिन्न व्यक्तिहरुले मृग लगायत वन्य जन्तुहरु सिकार खेल्दा धेरै जीवजन्तु छोटो समयमा मार्न सकिन्थ्यो। ती मारिएका जीवजन्तुहरु सिङगै लान पाईने लिम्बु भाषामा सा(मासु) र फुम्बा(सिङगै) वा सा+फुम्बा‍‌‍‌=साफुम्बा शब्दबाट स्याबरुम्बा नामाकरण भएको भन्ने स्थानीयको भनाई रहेको छ ।

५ नं. वडा कार्यालय पिपलबोटे रहेको छ । स्याबरुम्बा गाउँको पूर्वमा रानीगाउँ, यासोक, पश्विममा सावाँ सेरा तमोर, उत्तरमा तमोर नदी र रानीगाउँ, लोरीपा, हात्तिपोखरी, र दक्षिणमा यासोकको खाल्डे, सिम्ले र रानीभिर पर्दछ ।५ नं. वडाको वडा कार्यालय स्याबरुम्बा स्थित पिपलबोटेमा रहेको छ ।

Ward Contact Number: 
९८४४६७३४७६ kummayak5syabarumba@gmail.com